२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

समस्यामा परेकाहरुलाई छोरीमाया प्रतिष्ठानको राहत वितरण

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ६७९ पाठक संख्या
  • ललितपुर /देशमा कोरोना (कोभिड–१९) को कारण लामो निषेधाज्ञाको समयमा समस्यामा परेका परिवारहरूलाई छोरी मैया श्रेष्ठ स्मृति प्रतिष्ठानले राहत वितरण गरेको छ ।

    सक्षम महिला समुह भंसेपाटी संयोजक प्रज्ञा सिंह राणा र अमेरिका निवासी डाक्टर सरोज श्रेष्ठको आर्थिक सहयोगमा प्रतिष्ठानले राहत वितरण गरेको हो ।

    प्रतिष्ठानले विभिन्न जिल्लाबाट आएर ललितपुरको महालक्ष्मी स्थान र नख्खुडोल वरिपरि बस्दै आएका हातमुख जोड्न समस्यामा परेका र सडकमा बस्दै अएका ५५ विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

    दाल, चामल लगायत अत्यावश्यक सामानहरु वितरण गरेको प्रतिष्ठानका सचिव सुजाता श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस