२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

सिन्धुपाल्चोकमा फेरि पहिरो : १८ घर पुरिए, १२ जना बेपत्ता

  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३२३ पाठक संख्या
  • काठमाडौं / सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ ।

    बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् ।पछिल्लो विबिरण अनुसार १८ वटाघर परिएको तथा १२ जना बेपत्ता भएका छन् ।

    प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताउनुभयो ।

    सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

    तस्वीर बाजिरसिं भण्डारी

    प्रतिक्रिया दिनुहोस