२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

तिनकुनेको सडकमा सेनाको एग्रो विमान गुडेपछि ……..

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ११५४ पाठक संख्या
  • काठमाडौं / काठमाडौंको सडकमै नेपाली सेनाको एग्रो विमान गुडाएर गन्तब्यमा लगिएको छ । नेपाली सेनाको विमान सडकमै गुडिरहेको देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीय भने दंग परे । नेपाली सेनाको विमान न कुनै आपतकालीन रुपमा सडकमा अवतरण गरिएका्े हो की भन्दै स्थानीय चकित भए ।
    विमान आपतकालिन अबतरण भने गरिएको हैन् । बास्तवमा चै त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राख्न लगिएको रहेछ । विमानलाई तिनकुने हुँदै नारायणहिटि लगिएको छ ।

    विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो ।
    त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो ।
    यो विमान वि। सं। २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गर्ने गर्दथे ।

    तस्वीर सौजन्य अनलाईन खबर

    प्रतिक्रिया दिनुहोस