काठमाडौँ / पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै हालसम्म ५३ हजार १२० संक्रमितको संख्या पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ ।
यसतै पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस