२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा काभ्रेका ३१ वर्षीय महेश केसीको मृत्यु

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • १४११ पाठक संख्या
  • दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा     काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्यु भएको छ | गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनाैति ६ का केसिकाे  मृत्यु भएको हाे ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले भने, ‘हाइड्रो पावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बासहित तल ढलानमा खस्दा  केसीको मुत्यु भएको हो ।’ पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित केसी  तल ढलानमा पछारिएका थिए ।

    टाउकामा तथा शरीरका विभिन्न भागमा चोट लागेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस