२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

लामा र पन्तद्धारा पाँचखाल नगरलाई स्वास्थ्य र खाद्य सामाग्री हस्तान्तरण

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५२५ पाठक संख्या
  • पाँचखाल/नेपाली काँगेसका नेताद्धयले पाँचखाल नगरपालिकामा स्वास्थ्य सामाग्री र खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

    नेपाली काँग्रेसका क्षेत्रीय उपसभापति एवं महाधिवेशन प्रतिनीधि बेल लामाले स्वास्थ्य सामाग्री तथा नेपाली काँग्रेसका नेता एवं निर्माण व्यवसायी मुकेश पन्तले खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । नेता लामाले ६५ सय थान सर्जिकल माक्स र ६५ लिटर सेनिटाइजर पाँचखाल नगरपालिकाका नगरप्रमुख मेयर महेश खरेल र उपप्रमुख लक्ष्मी दनुबारलाई हस्तानतरण गर्नुभयो ।

    त्यस्तै अर्का नेता पन्तले नगरपालिकालाई ३ सय केजी चामल हस्तान्तरण गर्नुभयो । नगरपालिकालाई प्राप्त चामल बाल संगठनले सञ्चालन गरेको समाजकल्याण अनाथालयमा हस्तान्तरण गरिएको थियो ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्याक्रममा नेपाली कांग्रेस संघीय उपसभापति मान बहादुर तमाङ, प्रदेश सभा उमेद्वार एवं नेता सुन्दरमणी आचार्य, तरुण दल काभ्रेका अधक्ष्य दावा लामा, संविधान सभाका उम्मेदवार एवं नेता कुमार लामिछाने, जिल्ला सदस्य अर्जुन सापकोटा, काँग्रेस नगर सभपाति गणेश अधीकारी, नगर उपसभापति हरि दुलाल, पाँचखाल नगरका वडा अध्यक्षहरु सञ्जय लामा, किरण श्रेष्ठ, सुकविर लामा, शिवशरण लामा, सुन्दर अधिकारी, सुन्दर लामा, काँग्रेस भुम्लु गाउपालिका सभपाति अञ्चल लामा, महासमिती सदस्य हेम लामा, महाधिबेसन प्रतिनिधि सुनिता तमाङ, नेत्री शान्ता क्षेत्री, क्षेत्रीय सदस्य अन्जनराज खतिवडा, नगर सचिव राजाराम पौडेल,  कार्यपालिका सदस्य माइली दनुबार तथा काँग्रेसका वडा सभापतिहरु, विभिन्न तहका नेताहरु सहभागी हुनुभएको थियो ।

    वितरित सामाग्रीहरु बेल लामाले आफ्नै निजि खर्चमा उपलब्ध गराउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस