२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

काभ्रेमा ३, उपत्यकामा एकैदिन ६९६ कोरोना संक्रमित थपिए

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ५६४ पाठक संख्या
  • काभ्रेमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

    थपिनेमा धुलिखेल नगरपालिकाका १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ जना पुरुष र बनेपा नगरपालिकामा १ जना पुरुष छन् ।

    यो सँगै काभ्रेका संक्रमितको संख्या महिला १ सय ४३ र पुरुष २ सय ३४ गरी कुल ३ सय ७७ पुगेको छ ।

    उपत्यकामा एकैदिन ६९६ कोरोना संक्रमित थपिएका छन् ।

    काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ ।

    काठमाडौंमा ८ हजार ७ सय २६ ललितपुरमा १ हजार ९२ र भक्तपुरमा ८९० संक्रमित पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    प्रतिक्रिया दिनुहोस