२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मण्डनदेउपुरमा काँग्रेसको दोश्रोपटक ध्यानाकर्षण (विज्ञप्ती सहित)

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ९३३ पाठक संख्या
  • नेपाली काँग्रेस मण्डनदेउपुर नगरसमितिले मण्डनदेउपुर नगरपालिकामा दोश्रो पटक ध्यानाकर्षण पत्र बुझाएको छ ।

    गत असार ९ गते बुझाएको ध्यानाकर्षणमा नगरपालिकाले कुनै पनि सुनुवाई र सम्बोधन नगरेपछि पुनः शुक्रवार नगर समितिले ध्यानाकर्षण बुझाएको नेपाली काँग्रेस मण्डनदेउपुरका सभापति रामहरी सापकोटाले जानकारी दिनुभयो ।

    कोभिड १९ को महामारीको बेलामा प्रतिनिधिमुलक रुपमा नेपाली कांग्रेस मण्डनदेउपुर कार्यसमितिका सभापति रामहरि सापकोटाको नेतृत्वमा जिल्ला कार्यसमिति सदस्य दधिलाल श्रेष्ठ प्रतिनिधि सभा क्षेत्रीय सचिव आनन्द सापकोटा, महासमिति सदस्य लिला नेपाल मण्डनदेउपुर नगरसमिति सह–सभापति एवम् वडा अध्यक्ष केशव तिमल्सिना, मण्डनदेउपुर नगरसमिति सचिव द्वय हरि प्रसाद पौडेल र कुमार ढकाल, वडा अध्यक्ष द्वय बिष्णुमणि नेपाल र नेत्र ढकाल सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा पुनः ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    काँग्रेसले असार ९ गते बुझाएको र शुक्रवार बुझाएको दुबै ध्यानाकर्षण पत्रमा समावेश गरिएका प्रत्येक बुँदामा छलफल गर्न तयार रहेको जानकारी सहित नेपाली कांग्रेसले दिएका शुशासन, अनियमितता, विकास निर्माण र भष्टाचार सम्बन्धमा दिएका सुझाव अविलम्ब कार्यन्वयन गर्न भनिएको छ । १५ दिन भित्रमा सुझाव कार्यान्वयन नगरिए थप दवावमुलक आन्दोलन र प्रक्रियामा अगाडि बढ्ने नगर सभापति सापकोटाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस