जिल्ला सहकारी संघ लि, काभ्रेपलाञ्चोकले ५३ औं स्थापना दिवसको दिन पाँचखालमा सेवा केन्द्र स्थापना गरेको छ ।
संघलाई सहकारीका सेवा विस्तार गर्ने उद्देश्यका साथ भूम्लु गाउँपालिका, चौरी देउराली गाउँपालिका तथा मण्डनदेउपुर नगरपालिकाको सहकारीहरुलाई सेवा विस्तार गर्दै पाँचखाल नगरपालिकामा केन्द्र हुने शर्माले जानकारी दिनुभयो । सम्पर्क कार्यालयको उद्घाटन संघका अध्यक्ष विनोद पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, जिल्लामा रहेका बिषयगत संघहरुको तर्फबाट जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका द्धितीय उपाध्यक्ष तीर्थमाया प्रधान, जल्ला कफि उत्पादक सहकारी संघ लि का अध्यक्ष होमराज गिरी लगायतको उपस्थितिमा कार्यक्रमा भएको थियो ।
उद्घाटन सँगै सम्पर्क कार्यालयमा स्थानीय विभिन्न सहकारी संस्था मार्फत ५५ लाख ३४ हजार ५ शय ५ रुपैंयाँको आर्थिक कारोबार समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस