२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

२८ किलो गोलीकाण्ड : ३ जना पक्राउ

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १८५४ पाठक संख्या
  • धुलिखेल नगरपालिकाका २८ किलोमा भएको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    २ जनालाई विहिबार राती तथा १ जनालाई शुक्रवार (आज) विहान पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रविराज पौडेलले जानकारी दिनुभयो । संलग्न मध्ये १ जना फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेकोले नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन् । प्रहरीले जानकारी दिन नचाहेपनि श्रोतका अनुसार हिजो पक्राउ पर्नेमा अकाश परियार र सविना तामाङ परियार छन् । आज विहान पक्राउ पर्नेको नाम भने खुलेको छैन् ।

    विहिवार बेलुका मानिस अपहरण परेको उजुरी परेपछि खोज्दै गएको सिविल प्रहरीमाथी आक्रमण भएपछि एक राउण्ड गोली चलाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    घटना भएको घर

    घटना विबरण अनुसार अपहरण भएको भनिएको व्यक्तिहरु बसेको कोठा पत्ता लगाएर सिभिल प्रहरी उनीहरुलाई लिन पुग्दा एक्कासी खुकुरी लिएर आक्रमण गरेका थिए । अझ आक्रमण बाट बच्न भाग्दै गरेका प्रहरीलाई ती अपहरणकारीहरुले चोर भनेर भनेपछि स्थानीय जम्मा भएर आक्रमण गर्न थालेपछि भिडबाट बच्नको लागि प्रहरीले एक राउण्ड हवाईफयर गरेको हो ।

    घटनाबारे विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस