२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

कारितास नेपालमा योजना पिच्छे भ्रष्टाचार

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १४७० पाठक संख्या
  • बनेपा/कारितास नेपाल नामक गैह्र सरकारी संस्थाले सञ्चालन गरेका परियोजना पिच्छे भ्रष्टाचार भएको पाइएको छ । उक्त संस्थाले दोलखा जिल्लाको बिगु गाँउपालिका वडा नं २ मा निर्माणाधिन शारदा माध्यमिक बिद्यालयको भवनमा भ्रष्टाचार भएको खुलेको हो । १५जुन २०१९ मै विद्यालयको भवन निर्माण सम्पन्न भएको भनि बनाउने क्रममै आधा भन्दा बढी कामथाँति राखेर कारितास नेपाल गायब भएको छ ।

    आधा पनि काम नसकि विद्यालय भवन सकिएको भनेर कारितास नेपालले आम समाजलाई ढाँटेको छ । कारितास नेपालले स्थानीय स्तरका कर्मचारी मार्फत केही क्षेत्रमा राम्रो काम गरे पनि विद्यालय भवनको क्षेत्रमा किन बदनाम भइरहेको छ भन्ने कुरामा, कार्यक्रम ब्यवस्थापक लगायत केहि उच्चपदस्त ब्यक्तिहरुका कारण संस्थाको काम कारवाहीमा गडबड भएको सरोकारवालहरुले बताएका छन ।

    शारदा माविको निर्माणाधिन भवन अलपत्र अवस्थामा

    शारदा माविको भवन बनाउने क्रममा आर्थिक अनियमितता भएको भनि विभिन्न सञ्चारमाध्मले गतबर्ष नै प्रमाण सहित समाचार प्रकाशन गरिसकेको छ । कारितास नेपालमा विदेशी नागरिकहरुको चर्को चलखेल रहनुका साथै कार्यकारी समिति बैठकमा समेत विदेशी नागरिक भएको प्रमाण सहित समाचार प्रकाशन भएको थियो । स्मरण रहोस, कारितास नेपालले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा बनेको भुवनेश्वरी माध्यमिक विद्यालयमा एउटै पकृतिका दुईवटा भवन बनेका छन् । शिक्षा अन्र्तगत बनेको एउटै पकृतिको विद्यालयकरिब ८८ लाखभन्दा कममा बनेको छ भने उस्तै विद्यालय कारितास नेपालले १ करोड ४९ लाख खर्च देखाएको छ । कारितास नेपालले बनाएको भवनमा एउटा स्याबमात्र बढी छ । कारितास नेपालले श्रमिक खर्चमा मात्र ज्यदा भ्याट तिरेको छ । रङ्ग रोगननै पूरा नभएको भवनमा ठेकेदारको पन्ध्र पतिशत खर्च समेत जोड्दा समेत बिद्यालयको खर्च सरकारी भवनको भन्दा झन्डै दोब्बर हुनाले भ्रस्टारचार नै भएको हो भन्ने स्थानीयको राय छ ।

    डि.पि.सी पश्चात् अनुमति नै नलिइ धुलिखेलमा भवन बनाउँदै

    धुलिखेल ८ मा निर्माण भैरहेको भवन

    संरचनामा निमार्णमा अनियमितता संगै कारितास नेपालले धुलिखेलमा बनाउन लगेको भवनको ठेकेदार छनौटमा समेत भ्रष्टाचार भएको भनेर स्थानीयले विरोध गरेपछी सूचना माग्ने क्रममा कारितास नेपालले सुचना दिएन । देशको कानूललाई समेत धज्जी उडाउने कारितास नेपालले डि.पि.सी पुरा गरे पश्चात् नगरपालिकाबाट अनुमति नै नलिई भवन निर्माण गरिरहेको छ । आफ्नो संरचनामा समेत कानून विपरित विदेशी नागरिक राखेको कारितासले भवन निर्माण पश्चात धार्मिक उदेश्य बोकेका कर्मचारी राखेर धार्मिक कार्य जोड दिने श्रोतको भनाई छ ।


    कानूनी राजलाई चुनौतिदिदै क्रियाकलाप गर्नु कारितास नेपालको विशेषता नै भएको छ । श्रोतकाअनुसार कारितासमा संरक्षकको भुमिकामा रहेका भारतीय नागरिक पावल सिमिकले कारितास नेपालमा संरक्षक बस्नको लागि अनुमति तथा श्रम स्वीकृति अझै लिएका छैनन् । सिमिकले अध्यागमनको कानुनअनुसार श्रमस्वीकृति विनानै कारितास नेपालमा संरक्षकको रुपमा बस्न मिल्दैन । आफु पनि गैरकानुनी रुपमा बसेका सिमिकले विदेशी नागरिकहरु एलेननिक्सन, एलेनोर त्रिनचरा, मिशाल रोय तथा मेलविलफर्नान्डिज लगायत अन्य विदेशीनागरिकलाई प्रयोग गराएर नेपाली कर्मचारीको अति गोप्यकागजपत्र माथी पँहुच गराएका छन् । कारितासले विधान मिचेर कार्यकारी पदमा राख्नुका साथै सिमिक पावललाई सन २०१९ डिसेम्बर २ तारिखमा भएको महत्वपूर्ण कार्यसमिति मिटिङमा समेत सहभागी गराईएको छ ।

    प्रतिक्रिया दिनुहोस