२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

भुम्लु गाँउ पालिकामा गठन भएको छानबिन समिति : ‘दुधको साक्षी बिरालो’

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २१४५ पाठक संख्या
  • तस्बिर लामा

    जनताले चाहे के नहुने रहेछ । व्यापक भ्रष्टाचार बिरोधि जनदवाबलाई थेग्न नसकेर भुम्लु गाउँपालिकाले ३ सदस्यीय छानबिन समिति गठन गरेको भन्ने खबर स्वागत योग्य भएतापनी, समितिमा नागरिक समाज, स्वतन्त्र पत्रकार सहित सर्वदलीय प्रतिनिधित्व नभैकन, नेकपा भित्र पनि समावेशी नभै पूर्व माओवादीलाई सहभागिनै नगराई पूवए एमालेबाट निर्वाचित जन प्रतिनिधीको मात्र एकपक्षीय रुपमा गठन भएको समिति दुधको साक्षी बिरालो, मुसाको दुलोमा सातुको थैलो जस्तो देखीयो ।

    समितिका सदस्य मोति तामाङ स्वयंम भुम्लुटार स्वास्थ्य चौकी सम्बन्धि बिबाद बिषयमा संलग्न रहेकोले उल्लेखित समिति अलोकतान्त्रिक र बिश्वास गर्नु सक्ने आधार सुन्य रहेको हाम्रो ठहर छ ।

    तसर्थ सत्यतथ्य सार्वजनिक गरी उपाध्यक्ष लगायत सम्पुर्ण जनमानसको माग सम्बोधन भएमा भुम्लुमा लोकतान्त्रिक अभ्यासको सुरुवात हुने थियो भन्दै यदी परीणाम सन्तोसजनक नआएमा थप जनदवाब सृजना गरी सशक्त आन्दोलनमा उत्रीन समेत बाध्य हुनेछौं । हाम्रो अन्दोलनमा सहयोग गर्नु हुने आम जनमानस, नागरिक समाज, पत्रकार, नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिती तरुण दल काभ्रे जनसम्पर्क समिति काभ्रे लगायत सम्पुर्णमा कृतज्ञता ब्यक्त गर्दछु ।

    अन्त्यमा, भुम्लु गाँउ पालिकामा भ्रष्टचार हुनूहुदैन र नहोस भनि आवाज उठाउँदा कुतर्क सहित उल्टै हामीमा आई लाग्ने अग्रज साथीहरुको उत्तर यहाँ हरुको माग बमोजिम गाँउ पालिकाकै सेरोफेरोमा रही सवर्बजानिक मञ्चबाट दिने छु भन्ने प्रतिबद्धा समेत जाहेर गर्दछु ।

    लामा भुम्लु गाउँपालिकाका अध्यक्षका प्रत्यासी हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस