२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

काभ्रेको एउटै टोलमा २५ जनामा कोरोना संक्रमण

  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • २६५ पाठक संख्या
  • काभ्रेको एउटै टोलमा २९ जना कोरोना थपिएका छन् ।

    बुधवार धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रेभञ्ज्याङको एउटै टोलमा २५ जना सहित ३४ मा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।  पनौती नगरपालिकाका ३ जना पुरुष, श्रीखण्डपुर ४ र बनेपा नगरपालिकाकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको डा.झाले जानकारी दिनुभयो ।

    उनीहरुमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परीक्षण गरिएको थियो । जसमा एकै टोलका २५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । संक्रमित हुने हरुमा ९ वर्षका बच्चा देखि ८० वर्षसम्मका वृद्ध रहेका छन् ।

    संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेसनमा उपचार गराईएको छ । हालसम्मको विवरण अनुसार काभ्रेमा संक्रमितको संख्या ३६८ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस