उपत्यका प्रवेश गर्ने नाका साँगामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ ।
आज (मंगलवार) ८ जना सुरक्षाकर्मीको कोरोना देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यस अघि पनि त्य नाकामा खटिएका २ जना सुरक्षाकर्मीको कोरोना संक्रमण देखिसकेको छ । थपिएका मध्ये ९ जना सशस्त्र प्रहरी र १ जना नेपाल प्रहरीका छन् ।
लक्षण देखिएका दुई र लक्षण नदेखिएका ६ जनालाई परिक्षण गरी उपचारका लागि आईसोलेसनमा राखिएको शशस्त्र प्रहरी वल १५ नम्वर गण पाँचखालका प्रमुख एसपी महेश केसीले जानकारी दिनुभयो ।
यस अघि संक्रमण देखिएका दुई जनाको सम्पर्कमा रहेकाहरुलाई कोरोना जाँच गरिएको थियो ।
यो सँगै जिल्लामा संक्रमित हुनेहरुको संख्या ३ सय ३४ पुगेको छ । जसमा सुरक्षाकर्मीको संख्या ४० रहेको छ ।
आईतबार शान्ति तालिम केन्द्र पाँचखालमा रहेका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसैविच काभ्रेमा संक्रमण जितेर फर्कनेहरुको संख्या १ सय ५३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस