वीरगंज / कोरोना संक्रमणबाट वीरगंजमा थप दुई जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट बारा जिल्लाको महागढीमाई नगरपालिका वडा-१० गंजभवानीपुर निवासी ६० बर्षीय पुरुष तथा पर्सा जिल्ला बीरगंज महानगरपालिका-३० लालपर्सा निवासी ५४ बर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गए राति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस