अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को प्रकाशन “अन्तर्दृष्टि” पत्रिकाको कार्यकारी सम्पादकमा सुरेन्द्र अस्तफल (नेपाल) मनोनित भएका छन् |
अस्तफलले यसअघि पनि सो प्रकाशनको कार्यकारी सम्पादकको जिम्मेवारी सम्हालिसकेका छन्। अन्तर्दृष्टिको सम्पादक मण्डलमा दीपेन्द्र केसी ( बेल्जियम),दीपा राई पुन (अमेरिका),अर्जुन श्री (पोर्चुगल), विनोद परिवर्तित ( कोरिया), प्रकाश सापकोटा (डेनमार्क), सुमन वर्षा (नेपाल), प्रेमप्रसाद भट्टराई (कतार), हरि अधिकारी (अष्ट्रेलिया) , आविष्कार भारती ( अमेरिका) र चन्द्रप्रकाश गिरी ( भारत) रहेका छन् |
सो प्रकाशनको प्रधान सम्पादकमा बेलुकाजी थापा यसअघि नै मनोनित भइसकेका थिए |
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले अन्तर्दृष्टिको सम्पादक मण्डललाई पूर्णता दिएको हो |
प्रतिक्रिया दिनुहोस