सावीक चण्डेनी मण्डन गाविस वडा नं ३, हाल मण्डनदेउपूर नगरपालिका वडा नं १० मा पिता गोविन्द प्रसाद नेपाल तथा माता राधादेवी नेपालको कोखबाट २०३६ साल कार्तिक १९ गते बिष्णुमणी नेपालको जन्म भएको हो । डेडिथुम्का माध्यमिक विद्यालयमा पढे देखिनै मेहिनेती, सहयोगी र लगनशिल नेपालले त्रिभूवन विश्व विद्यालयवाट प्रथम श्रेणिमा स्नातकोत्तर उर्तिण गर्नुभएको छ । २०४६ सालको परिवर्तन संगै प्रजातान्त्रिक ब्यवस्था र यसका क्रियाकलापमा सहयोग तथा सहभागी हुँदै आउनु भएका नेपालले नेपाली काँग्रेस पार्टीको औपचारिक अनौपचारिक कार्यक्रमहरुमा संलग्न हुँदै पाटिको साधारण सदस्य, क्रियाशिल सदस्य हुँदै ३ पटक क्षेत्रिय प्रतिनिधि रहि योगदान गर्दै आउनु भएको छ । सामाजिक सेवा प्रति सदैव सचेत र समाजलाई सकेको योगदान गर्नु पर्दछ भन्ने मान्यताका साथ बिभिन्न सामाजिक संघ संस्थामा समेत आबद्ध हुनुहुन्छ । स्थानीय गैर सरकारी संस्थाको जिम्वेवार पदमा बसेर काम गरिसक्नु भएका नेपाल अन्तर्राष्ट्रिय गैर सरकारि संस्थाहरु, समाज कल्याण परिषद्, जापानी एम्वेसि, विश्व बैकद्धारा संचालित कार्यक्रममा सामाजिक विज्ञका रुपमा काम गरि आफ्नो छवीलाई सामाजिक कार्यमा लगाउनु भएको छ । नेपाल हाल नेपाल रेडक्रस सोसाइटि काभ्रे जिल्ला शाखाको कार्यसमिति सदस्य, डेडिथुम्का पब्लिक क्याम्पसको ब्यवस्थापन समितिको सदस्य समेत हुनुहुन्छ ।गाउँमा नै केहि गर्नु पर्दछ भन्ने दृढ ईच्छा लिई काम गर्नु भएका नेपाल संघिय संरचनामा गए सँगै वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएका नेपाल सँग समसामयिक विषयमा पत्रकार सरोज सापकोटा ले गर्नुभएको कुराकानीको सारसंक्षेप :
लक डाउनमा दिनहरु कसरी बिताइरहनु भएको छ ?
वास्तबमा लक डाउन भनेको बाहिर ननिस्कने हो तर हाम्रो सन्दर्भमा धेरै फरक रहेको छ । सुरुका २ दिन चाँहि यो लक डाउन भनेपछि अलिकता डर अलिकता असजिलो र साँच्चि नै रोग लागि पो हाल्ने हो कि भनेर डराईयो जसले गर्दा सके सम्म घरवाट बाहिर निस्किएन । जब लकडाउन लामो भयो अनि हामि जनप्रतिनिधि त्यसमा पनि प्रत्यक्ष जनता संग सरोकार राख्ने हरुका लागि यो गुप्त बास भनेको त एकादेशको कथा पो रहेछ तेस्रो दिन देखि आजका मिति सम्म अघि पछि भन्दा धेरै लगभग २४ सै घण्टा अलर्ट भएर बसिएको छ । विरामिका लागि औषधि उपलब्ध गराउने, बाटोमा रोकिएकाहरुलाई गन्तब्यमा पूर्याउने, समूदायका सबै मानिसहरु जम्मा भए पछि सुरुका दिनहरुमा सबै गाँउ समूदायमा चाडवाड आए जस्तो सबैको हातमा पैसा, सबैको काममा फुर्सद, कोरोना र लकडाउनको बारेमा पूर्ण ज्ञान नभएर होला घर भन्दा बाहिर रहनु हुने हामि सबै जसो विदा मनाउन आ—आफ्नो घरमा (गाउँमा) आएको जस्तो भएको थियो । लकडाउन कति लामो हुने हो र यसको प्रभाव के कति पर्ने हो भन्ने कुराको पूर्व अनुमान समूदायमा जाने बुझेकाहरुले समेत गर्न नसकेर नजर अन्दाज गर्दा गाउँमा भएका कुनै खसि बोका रहेनन्, धुम्रपान मध्यपान, अनावश्यक भिडभाडले समूदायमा एक खालको असहिष्णुता पैदा भई हामि सबैका लागि झण्डै झण्डै चुनौति पूर्ण बनायो । जसले गर्दा हामि जनप्रतिनिधिहरु मानिस जमघट, भिडभाड भएका स्थानहरुवाट मानिसहरुलाई सम्झाई बुझाई भिडभाड हटाउने, होटल पसल बन्द गराउदै हिड्ने, खेलबाड, मध्यपान गर्नेहरुलाई सम्झाउने नमानेमा कडा शब्द समेत समेत प्रयोग गर्नु पर्ने एक खालको सिपाहि पो भईयो । विस्तार हामी जनप्रतिनिधि, स्थानीय समाज सेवी, यूवाहरु सबैको पहल साथै प्रतक्ष्य अप्रत्यक्ष सहभागितामा चेतनामूलक सूचानाहरु प्रवाह गर्ने, मानीसहरुको बढि भिडभाड हुने स्थानहरु, स्वास्थ्य चौकिहरुमा नगरपालिकाद्धारा विषदिहरु छर्कने, बाहिरवाट आएका आएकाहरुको विवरण संकलन गरि निगरानि गर्ने, बाहिर रहेकाहरुको विवरण तयार गर्ने, वास्तवमा नै लक डाउनका कारणले गर्दा टोल स्तरिय विपद् ब्यवस्थापन समितिको सहभागिता र सहयोगमा चुलो बल्न नै असहज हुने घर धुरी पहिचान गर्ने, काम गर्न नसक्ने अपाङ्ग, जेष्ठ नागरिक र विरामीहरुका लागि केहि हद सम्म राहत र आर्थिक कमजोर भई अन्यत्र रोजगारि नभएकाहरुलाई २ दिनका लागि काम लगाई खाद्यान्न उपलब्ध गराउने र काम गर्न सक्ने काम नपाई बेरोजगार भएकाहरुका लागि समूदाय स्तरमा नै विकास निर्माणका काममा पालैपालो सहभागि गराउने र विभिन्न निकायहरु संग समन्वय गरि थप कामका लागि सहजिकरण गरि केहि हद सम्म भए पनि सहजता प्रदान गरियो । यसका अलावा लामो समय सम्म लकडाउन भै रहने अवस्थालाई मध्यनजर गर्दै समूदायको सकृय सहभागितामा विनियोजित रकमवाट वडामा विकास निर्माणका कामहरु सम्पन्न गरियो । जसको उदाहरण भन्नु पर्दा जोगिटार हरित पार्क, थामिडाडामा पार्क निर्माण, थामिडाडा सामूदायिक बनमा फलफुलका विरुवा रोपण, वडा का ६ बटै विद्यालयहरुमा एक विद्यार्थी एक विरुवा रोपण, हिंगुवापाटि जोगिटार दोलालघाट सडक अन्तर्गत महादेवस्थान देखि सालविसाउना सम्म वाटोको दाँया वाँया एक एक लाईन फलफुलका विरुवा रोपण लगायतका कामहरुमा पूण रुपमा यूवाहरुको परिचालनमा सम्पन्न गरिएका छन् भने लकडाउनका कारणले विशेष गरि पँहुच कम भएका किसानहरुका लागि विभिन्न निकायहरु संग समन्वय गरि मकैको सिजनमा विउ, मल उपलब्ध गराउने लगायतका काम गरियो ।
कोरोना भाइरस कोभिड १९ का कारण मण्डनदेउपुर नगरपालिका त्यसमा पनि चण्डेनी मण्डन १० नम्बर वडा भित्रको अबस्था कस्तो छ ?
मलाई लाग्दछ यो कोरोनाको प्रभाव र अवस्था त सबैले जाने बुझेकै कुरा रह्यो अन्यत्र जे अवस्था छ खासमा हाम्रोमा पनि त्येहि नै हो विशेषत हाम्रो वडा अलि ठूलो र वडाको माथिल्लो भेगमा एक बालि मात्र हुने अधिकांश यूवा यूवतीहरु कामको लागि बाहिर रहेको र लक डाउनले गर्दा घरमा आई पेशा ब्यवसाय गरेर बसि रहनु भएका महानुभाहरु समेत पूर्ण बेरोजगार भई दैनिक जिवन यापन गर्न समेत कठिन परेको अवस्था छ भने ४ वटा वडाको संगम स्थल चण्डेनी बजारमा मानिसहरुको चहल पहल अलि बढी रहने र त्यसलाई ब्यवस्थित गर्न केहि चुनौति रहे पनि अहिले सबैको पहल कदमिमा त्यो ब्यवस्थित हुदै आएको छ । हाल सम्म वडा भित्र बसोवास गर्नु भएका कोहि कसैलाई पनि कोरोना पोजेटिभ भएको छैन, अहिलेको अवस्थामा यो खुसिको कुरा हो । हामि कोशिस र कामना पनि यहि गरिरहेका छौ हाम्रो समूदाय भित्र यो पोजेटिभ केश नआओस र हामिले भोग्नु पनि नपरोस यसका लागि सबैको साथ, सहयोग र सद्भावको आवश्यकता रहेको हुनाले यसको निरन्तरताको अपेक्षा र अनुरोध गर्दछु ।
कोभिड १९ रोकथाम र न्यूनिकरणका लागि अहोरात्र लडिरहनुभएको युवा जनप्रतिनिधीको प्रतिनिधित्व गर्दै के भन्नुहुन्छ ? कोरोना महामारी तपाईको वडा क्षेत्रमा फैलन नदिन कस्ता काम र योजना अगाडी सार्नु भएको छ ?
यो विपत्ति हाम्रो लागि मात्र नभई विश्वमा रहनु भएका सम्पूण मानव जातिका लागि भएको हुनाले हामि जो जहा छाँै त्यहावाट कोरोना न्यूूनिकरण, रोकथाम र बचाउमा लागौं त्यसमा पनि हामि जिम्वेवारिमा बसेका जन प्रतिनिधिहरुको त यो काम गरेर खारिने आफुलाई थप जिम्बेवार बनाउने बेला हो यो त्यसैले हामि अरु सबै कुरालाई थाति राखेर आफ्नो योज्ञता क्षमताले भ्याए सम्म मानव कल्याण र मानव रक्षामा लागि रहेका छौं । विशेषतह समूदायलाई चेतना स्तर बृद्धि गरि सुरक्षित गराउने, स्वास्थ्य चौकिमा औषधिको पर्याप्त ब्यवस्था गर्ने, सार्बजनिक स्थलहरु जहाँ मानिसहरुको जमघट रहन्छ त्यस्ता स्थलहरुमा साबुन पानीको ब्यवस्थापन गर्ने, माक्सको प्रयोग बढाउन उत्प्रेरणा जगाउने, समूदायमा नयां मानिसको आगमन कम गराउने र आउने हरुको लगत राखि निगरानिमा राख्ने, करेन्ट टाईनमा राख्ने, विशेषत सबैलाई काममा लागि कृषि उपजको उत्पादन बृद्धिमा लाग्न प्रेरणा जगाउने, अनावश्यक घर भन्दा बाहिर ननिस्कन र निस्कनै पर्यो भने सुरक्षा अपनाई निस्कने लगायतका कामहरु गर्न समूदायलाई अनुरोध गर्दै आएका छौ । साथै उत्पादन बढाउनका लागि अति आवश्यक र राज्यले पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेको कृषि मल विउ किसानलाई उपलब्ध गराउन प्रयत्नरत छौं ।
यो बर्षको बजेट मा पहिलो प्राथमिकता के लाई राख्नु भएको छ किन ?
यस वर्षको बजेट मानव जिवन बचाउमा नै पहिलो प्राथमिकता रहेको छ विशेषत स्वास्थ्य, करेन्ट टाईन, आईसोलेशन निर्माण र ब्यवस्थापन, वास्तविक पिडित र कमजोरका लागि राहतका प्याकेज, नगर अस्पताल जस्ता कामहरुमा प्राथमिकता रहेको छ मेरो वडाको सन्दर्भमा कुरा गर्ने हो भने यो वर्षवाट एक घर एक धाराको कार्यक्रम सम्पन्न गर्ने, हाम्रो क्षमताले भ्याए सम्म सिंचाई कूलो, पोखरि निर्माण गर्ने, नगरपालिका तथा अन्य निकायहरु संग समन्वय गरि मल, विउ किसानहरुका लागि सहज रुपले उपलब्ध गराउने । वातावरण संरक्षण र पर्यटन प्रवद्धनका कार्यहरु विशेष गरि खेर गई रहेका सामूदायिक बन तथा खालि स्थानहरुमा बृक्षारोपण तथा भौतिक पूर्वाधारहरुको निर्माण गर्ने, हाल निर्माण भई रहेको जोगिटार हरित पार्क र थानडाडा पर्यटक स्थलको स्तर उन्नति गर्ने, भुकम्पका कारणले विनास भएका संरचनाहरु स्वास्थ्य चौकि, विद्यालय भवन, मठ मन्दिर, पाटि पौवाको पुन निर्माण गर्ने साथै वडामा भएका मोटर बाटोको स्तर उन्नती गर्ने जस्ता कार्यहरुमा बजेट विनियोजन तथा अन्य निकायहरु संग समन्वय गरि उत्पादनसिल क्षेत्रलाई प्रोत्साहन गर्दै कार्यक्रम संचालन तथा सम्पन्न गरिने छन् ।
मण्डन देउपुर नगरपालिका चण्डेनीमण्डन त कृषि उपजको उर्वर भुमी कृषिको क्षेत्रमा के कस्ता काम भएका छन् ?
कृषि हाम्रो जिवनयापन गर्ने आधार हो कृषि विना हाम्रो जिवनको परिकल्पना समेत गर्न सकिन्न त्यसमा पनि आजको कोरोनाको प्रभावको बेलामा यसको महत्व झन् धेरै थपिएको छ हाम्रो समूदायवाट वाहिर गएर आएका तथा अन्य पेशा ब्यवसायमा लाग्नु भएका महानुभावहरु लाई समेत यसको महत्वका बारेमा बुभmाई विगतका वर्षहरुमा केहि मात्रामा बाँझो रहेका जमिनहरु खनजोत गरि बालि लगाउने, उचाइ र हावापानी लाई मध्यनजर गर्दै वडाको माथिल्लो भेगमा (कागति, एभोकाडो, मेकाडोमिया) जातका र तल्लो भेगमा (आँप, लिचि, एभोकाडो, अलैची जस्ता) विरुवा रोपण गरि किसानलाई लाभान्वीत गरिएको छ भने हालसम्म निर्वाह मुखि खेति पशुपालन गर्दै आएकोमा उक्त निर्वाह मुखि कामलाई ब्यवसायिक बनाउँदै लगिएको छ । त्यस्तै गरि संघिय, प्रादेसिक सरकारले किसानका लागि सहज रुपले मल विउको ब्यवस्थापन गर्नु पर्ने भएता पनि यो पर्याप्त मात्रामा हुन नसकिरहेको परिप्रेक्षमा विसानलाई राहत पुर्याउने उद्धेश्यले विभिन्न सरकारि, गैर सरकारि, सहकारिहरु संग समन्वय गरि अत्यावश्यक भएको मल र विउको उपलब्धतामा सहझता प्रदान गर्दै आई रहेको छ र यसलाई निरन्तरता दिनु पर्ने अवस्था पनि रहेको छ ।
कोरोना भाइरसका कारण उद्योगी ब्यबसायीहरुले बैकं बाट लोन लिएर ब्यबसाय संचालन गरेका छन् । मण्डनदेउपुर क्षेत्रमा पनि केही उद्योगहरु र ब्यबसायी छन् । वडा अध्यक्षको नाताले ब्यबसायीहरु लाई राहत दिलाउन बैंकहरु सँग के कस्तो सहकार्य गर्नुभएको छ ?
वास्तवमा हामी स्थानीय जनप्रतिनिधिले उद्योगि ब्यापारिहरु लाई ठूलो किसिमको राहत दिन सकिने कुरा त रहेन तथापि उद्योगि ब्यवसायीहरुले ब्यबसाय संचालन गर्दा नगरपालिका लाई तिर्नु पर्ने कर मध्ये ३ महिनाको कर उहाहरुलाई मिनाहा गर्ने, बैक हरु संग समन्वय गरि यहाको वास्तवीक अवस्थाको बारेमा जानकारि गराई बयाजमा छुट र किस्ता तिर्न सहज वातावरण सृजना गरि ब्यवसाय संचालनका लागि प्रोत्साहन गर्ने कार्य गरिदै आएको छ ।
कोरोनाबाट बेरोजगार भएका तथा विदेशबाट फर्किने मण्डनदेउपुर चण्डेनीमण्डन क्षेत्रका युवाहरु लाई समेट्न के कस्तो योजना बनाउनु भएको छ ?
पहिलो कुरात विदेशवाट फर्कनु भएका नागरिकहरुलाई सुरक्षित रुपमा क्वारेन्टिनमा राखेर परिवार सम्म पुर्याउने, कृषि उत्पादन बृद्धिका लागि विभिन्न निकायहरु संग समन्वय स्थापना गरि तालिमको ब्यवस्था गर्ने, यूवाहरुलाई संगठित गर्न समूहमा आवद्ध गराउने, समूह मार्फत कृषि औजार उपलबध गराउने, बित्तिय संस्थाहरु संग समन्वय गराई ब्यवसायिक काममा लाग्न उत्प्रेरित गर्ने कार्यक्रम रहेको छ ।
कोरोना भाइरसबाट रोजगार समस्यामा परेका र अति बिपन्न गरिब परिवारलाई राहत दिलाउन के कस्तो कामहरु भयो र भइरहेका छन् ?
राहात भन्ने शब्दले भुकम्प २०७२ पछाडि अलि फरक अर्थ राखेको कुरा अवगत गराउन चाहान्छु । जस्तो सुकै अवस्थाको र जस्तोसुकै कामका लागि राहत भन्ने अर्थमा हेरियो यो राम्रो होईन भन्ने लाग्दछ । कमजोर शारिरिक अवस्था भएका, उमेरको हिसावले जेष्ठ भई काम गर्न असमर्थ रहनु भएकाहरुका लागि खाद्यान्न राहतको ब्यवस्था गरियो भने आर्थिक हिसाबले कमजोर रहि रोजगारि गुमाएका केहि काम गर्न सक्नेहरुका लागि केहि दिन भए पनि सामाजिक काम गराई खाद्यान्न उपलब्ध गराइयो । स्थानीय स्तरमा समूदायवाट भएका योजना र निर्माण ब्यवसायि द्धारा संचालित योजनाहरुमा योग्यता क्षमता अनुसार समन्वय गरि काम गर्ने वातावरण मिलाइयो । यि गरिएका कामहरु पर्याप्त र दिगो समाधान भने होईन त्यसैले अधिकांस मानिस हामि कृषक भएको हुनाले मल बिउका लागि ब्यवस्था गर्न सहजिकरण गरि अहिले पनि यसकै सहझ उपलब्धताको लागि प्रयासरत रहेका छौ । जसले गर्दा हाम्रा नागरिकले राहत होईन काम गरेर आफ्नो ब्यवस्था आफै गर्न सक्ने बन्नुहोस् भनि कामको वातावरणको लागि सहजिकरण गर्दै यस तर्फ नै उत्प्रेरित गरि रहेका छौ ।
समग्रमा वडाको बिकासको लागि भएका प्रयास र नयाँ योजना केहि छन् ?
पक्का पनि वडाको विकासमा हामी वडा समितिले गर्नुपर्ने कामहरु प्रसस्त रहेका छन् र त्यसमा हामिले सकेको प्रयास गरि रहेका छौ जस्तो लाग्दछ विकास भनेको दिगो विकास हो दिगो विकास गर्नका लागि वातावरण संरक्षण प्रमुख कुरा हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै वडाको विकासका लागि र भविश्यका लागि समेत अत्यावश्यक सार्बजनिक जग्गा ब्यवस्थापन गरि समय अनुसार आवश्यक रहेका प्रशासनिक भवनहरु, पुरा तत्वका संरचना तथा अन्य निर्माणका लागि वडाले गर्दै गरेका केहि कामहरु पनि राख्न चाहन्छु । यी कामहरु पुरा गर्नका लागि हामि जन प्रतिनिधिहरुले मात्र गरेर सम्भव भएको होईन र हुने पनि छैन अव हामि एक्ला एक्लै हिडेर कहिले पनि गन्तब्यमा पुग्न सकिन्न जन प्रतिनिधि, रानैतिक दल, शिक्षक, ब्यापारि सामाजिक संघ संस्था प्राईभेट संस्था नागरिक समाज सबै एकै ठाउमा समान उद्धेश्यका लागि हिड्नु पर्दछ एकता नै बल हो भन्ने मन्त्रलाई आत्मसाथ गरि तल उल्लेखित कामहरु वडाले पुरा गरेको हो अव हामिले यि कुराहरुलाई थपि आत्मसाथ गरि अगाडि बढ्ने छौ भन्ने केहि सान्दर्भिक कुराहरु राख्दछु । वडा कार्यालयको नाममा ब्यक्तिवाट निशुल्क रुपमा ३ रोपनि जग्गा लिई ५ कोठाको एक सामूदायिक भवन निर्माण गरि वातावरण संरक्षणका लागि बृक्षारोपणको काम गरि सकेका छौ त्यहा अरु थप १५ रोपनि भन्दा माथि सार्बजनिक जग्गा पनि रहेकाले उक्त स्थानलाई बोटानिकल गार्डेन संचालन गर्ने योजनामा छौं । यसै क्रममा स्वास्थ्य चौकिका लागि ३ रोपनि जग्गामा भवन निर्मााण हाता संरक्षण गरि उक्त स्थानमा वातावरण संरक्षण र जमिनको उचित प्रयोगका लागि हरियालि सहितको बृक्षारोपण गर्ने कार्य भैरहेको छ भने यसलाई हरियालि सहितको वातावरण मैत्रि स्वास्थ्य संस्थाको रुपमा विस्तार गरिने छ । यसका साथै, हाम्रा पूर्वजहरुले संरक्षण गदै आएका ५ वटा पोखरिहरुलाई यस वर्ष समूदायको जनसहभागितामा पुन उत्खनन गर्ने काम गरेका छौ । बर्षातको पानी संरक्षण गरि सुक्दै गरेका मुहानहरुको बचाउ तथा पानी रिचार्जका लागि सहयोगि हुने काम गरेका छौ । यसका अलावा स्वच्छ जिवन यापन गर्ने र पर्यटकलाई आकर्षित गरि दिगो आम्दानीको श्रोत बनाउने उदेश्यले नगरको पहिलो हरियालि पार्कको रुपमा जोगिटारको आँपको चौतारा देखि ईन्द्रावती नदिको किनारा सम्मको भूभागलाई लिएर डिपिआर निर्माण गरि जोगिटार हरित पार्क निर्माण भएको छ । यसको अलावा पुराना रुखको आडमा रहेका चौताराहरुको संरक्षण र सुधार गर्दै आगामि दिनमा, लोपोन्मुख माझि गाउँमा होम स्टेको ब्यवस्थित गरि जोगिटार हरित पार्क वाट ईन्द्रावति नदीमा बोटिग, मिनि बंन्जि जम्प संचालनको लागि समेत पहलहरु भै रहेका छन् । वडाको माथिल्लो भेगमा रहेको थानी डाँडा, उमादेवी मन्दिर लगायतका स्थानहरुलाई समेटेर पर्यटन प्रवर्धनात्मक कामहरु भै रहेका छन् । यससँगै उमादेवी मन्दिरका लागि पुरातत्ववाट रु २ करोड २० लाख बजेट विनियोजन भै पूर्ववत अवस्थामा पुरातात्वीक भवन निर्माण गर्ने कार्यको लागि प्रकृया अगाडि बढिरहेको छ जसको परिणाम स्वरुप यो बर्ष रु १ करोडको काम गर्नको लागि ठेक्का प्रकृयामा रहेको छ । समूदायको दिगो आम्दानी गर्ने, नगर, जिल्ला र देशको नै पर्यटनमा प्रवद्र्धनमा टेवा प्रदान गर्ने उदेश्यले वडाको माथिल्लो भाग तीनधारामा एकिकृत तामाङ बस्तिको निर्माण भई रहेको छ जहा होम स्टे संचालन गर्ने लक्षका साथ काम अगाडि बढि रहेका छौं । पहिलो चरणमा वडाको माथिल्लो बस्तिमा रहेको फ्याफुल्ला खानेपानी योजना संचालित टोलहरुलाई पूर्ण सरसफाई उन्मुख टोलको रुपमा घोषणा गरि सोहि वडाका ईच्छुक घरहरुवाट होम स्टेको कार्यक्रम अगाडि बढाउने प्रकृयामा रहेको छ । अहिले नै संचालन गर्न सकिने गरि केहि घरहरु तयारि अवस्थामा समेत रहेका छन् । वडाको खानेपानी रणनैतिक योजना बनाई वडा भरिमा ११ वटा (६ वटा तलवाट पानी तान्नु पर्ने लिफ्ट सिस्टमका) खानेपानीका योजना सम्पन्न गरि १०८७ मध्ये १०६९ घरमा मिटर सहितको एक घर एक धाराको कार्यक्रम समपन्न गरि बांकि रहेका १८ घरलाइ यसै वर्ष यथासक्य छिटो खानेपानी उपलब्ध शत प्रतिशत घरहरुमा मिटर सहितको धारावाट खानेपानी उपलब्ध गराईने छ । खानेपानी योजनाको ब्यवस्थापन र दिगो पनाको लागि तालिम सहित योजना समूदायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हामि निर्वाचन हुनु भन्दा अगाडि अस्त ब्यस्त रहेको विद्युतिकरणको सुधार तथा ब्यवस्थापन गरिएको छ हाल सम्म वडा भरिमा ३५० भन्दा बढि जिर्ण भएका पोलको ठाउँमा फलामको पोल फेर्ने, ६ वटा ट्रान्सफर्मर थप गर्ने र कम पावर भएकाहरुको ठाउँमा थप पावर भएका ट्रान्सफर्मर फेरि क्षमता बृद्धि गर्ने काम समपन्न गरिएको छ अव २० वटा पोल फेरिए पछि वडामा काठको जिर्ण रहेका पोल रहने छैनन् जसले गर्दा जिर्ण पोलका कारणले हुने सम्भावीत बिद्युत दुर्घटनावाट हामि मुकत हुने छौ भने विदुतिय पावर कमजोर भएका कारणले गर्दा कुनै पनि काम रोकिनु पर्ने अवस्था रहेको छैन । बिनासकारि भुकम्पवाट विनास भएका ६ वटा विद्यालय मध्ये लग भग शत प्रतिशत र समूदायको सम्झौता भएका तिनधारा एकिकृत बस्ति बाहेक ९७ प्रतिशत पुनः निर्माणको काम सम्पन्न भई समूदायका विद्यार्थिहरु सुरक्षित विद्यालय र मानिसहरु सुरक्षित घरमा बस्न थालेका छन् । स्वास्थ्य नै जिवन हो भन्ने कुरालाई आत्मसाथ गर्दै स्वास्थ्यको पहुँचको हिसाबले पछाडि परेका स्थानहरु हलदे, हल्देटार, चण्डेनी र गण्ेशस्थान आसपासमा मासिक रुपमा स्वास्थ्य चौकि स्तरिय घुम्ति स्वास्थ्य सेवा तथा निशुल्क सुगर प्रेशर परिक्षण कार्य नियमित रुपमा सुरु गरिएको छ ।
यहाँको सुरक्षा अबस्था र चुनौती के कस्ता छन् ?
वास्तवमा जनप्रतिनिधि भनेको लडाईमा हिँडेको सिपाही जस्तो हो सिपाहिले आफ्नो भन्दा पनि अरुको सुरक्षा गर्ने हो त्यसमा पनि अहिले यो कोरोनाका कारणले गर्दा घरमा गुप्त बास बस्नु पर्ने बेला र सबै नागरिकलाई यहि भनिकोको अवस्थामा हामि जनप्रतिनिधिहरु चाँहि अघि पछिको भन्दा बढि समय दिनु पर्ने र पब्लिक रिलेशनमा पनि बस्नु पर्ने हुनाले सुरक्षको चुनौति हुनु स्वभावीक हो र छ पनि तथापि राम्रो काम भनेको नै जनताको काम गर्ने भएको हुनाले हामिले जे जे लाई विश्वास गर्दछौ भगवानको विश्वास गर्नेलाइ भगवानले, प्रकृतिको विश्वास गर्ने लाई प्रकृतिले र समयलाई विश्वास गर्नेलाई समयले बचाउने हुनाले म खासमा हतोत्साहित भएको छैन उत्साहका साथ जनताको काममा लागि रहेको छु । अझै यो कुरा हामिले भन्दा पनि हाम्रा नागरिक हरुले मन गर्ने विषय हो जस्तो लाग्दछ ।
महामारीको समयमा आफ्ना नागरिकहरु लाई केही भन्नु पर्ने कुराहरु छन् कि ?
मानव जिवन भनेको आशा, विश्वास भरोसा र मेहेनतमा चल्ले हो त्यसैले सम्पूर्ण नागरिकलाई यो अनुरोध गर्दछु कि तपाइ एक्लो हुनुहुन्न तपाई संग हामि लगायत यो मानव जाति छ र यो विषम परिस्थितिमा आफु सुरक्षित रहि अरुको सुरक्षाको लागि पनि सहयोग गर्दै तपाईको मनले सहि हो भनेको काम र राज्यले निर्देशित गरेको कुरा मात्र गरौ अन्य कुनै गलत काममा मन नलगाऔ बाँचौ र बचाऔ भन्ने सिद्धान्तको पालना गरौ । यहि भन्न चाहन्छु ।
चण्डेनीमण्डन समृद्ध बनाउन जनप्रतिनिधीहरु र नागरिकहरुले के गर्नुपर्छ जस्तो लाग्छ ?
नयाँ काम गर्नको लागि पुराना कुराहरु छाडेर नया सिरा वाट सोच्नु पर्ने हुन्छ नागरिकले हामिलाई निश्चित अवधिका लागि सामाजिक काम गर्ने जिमवेदारि दिनु भएको छ त्यो ईमान्दारिता पूर्वक पुरा गर्ने हामि निर्वाचित प्रतिनिधिको काम हो । त्यसैले हामि सबैको सहभागितामा आगामि दिनहरुको योजना बनाउँछौ हाम्रो लागि होईन समूदाय, देशको लागि काम गर्दछौ तपाई नागरिकहरु सबै जनाले यसमा साथ दिनुहोस् हामी सबैका आआफ्ना अधिकार र जिम्मेबारिहरु छन् सबै भन्दा पहिले आफुले पुरा गर्नु पर्ने जिम्वेवारि पुरा गराँै अनि स्वभावीकै हो अरुको आशा गर्नु त्यस पछि मात्र अरुको आसा र अपेक्षा गरौं समाज, देश माथि गयो भने मात्र हामि माथि जानेछौ अन्यथा तपाई एक, म एक जना मात्र माथि गएर हामि सुरक्षित हुने छैनौ सबैलाई सुरक्षित बनाउने जिम्मेवारि तपाई हामि सबैमा छ । आजका जनप्रतिनिधि भोलिका सामान्य नागरिक हुन् र आजका नागरिक भोलिका जनप्रतिनिधि हुन् त्यसैले आउनुहोस् हामि सबै हातेमालो गरेर काम गराँै । अव गफ (भाषण) ले परिवर्तन सम्भव छैन काम गर्नैपर्छ काम गराँै यसमा नै सबैको भलो छ ।
अन्तमा भन्न चाहेका र भन्न छुटेका केही छन् कि ?
तपाई र म विचमा यसरि कुरा भएको यो पहिलो पटक हो । मलाई मेरो भनाई ब्यक्त गर्ने अवसर दिनुभयो यस प्रति तपाई र यस पत्रिका परिवार प्रति आभारी छु । त्यसैले यस अवसरमा म एउटा कुरा मात्र भन्न चाहन्छु हामिले प्राप्त गरेको यो प्रकृति र हाम्रो जिवन भनेको एक बरदान हो यस अवसरमा हामिलाई प्रकृतिले यस्तो रोजाई दिएर राखेको छ कि केहि नगरि पनि बस्न सकिन्छ केहि गरेको छैन भनेर प्रकृति रोकिने वाला छैन जस्तो दारि जुंगा काटेको छैन भनेर दाह्रि बड्न र उमेर पाके पछि फुल्न छाड्दैन, माटोमा फुल वा अरु कुनै बालि रापेको छैन भनेर झार उम्रन बड्न र समय अनुसार सुक्न छाड्ने छैन त्यसैले दाहि कपाल काटेर कोरेर चिटिक्क राम्रो भएर बस्ने वा झुसिल्लो दारि कपाल बनाएर बस्ने अवसर हामिलाई प्राप्त छ र यस धर्तिमा राम्रा राम्रा जातका फुल बालिनालि लगाएर राम्रो सौन्दर्य बनाई उत्पादन बढाउने कि झार उम्रिएर सुक्न दिने यो सबै तपाई हाम्रो हातमा भएको हुनाले यो बरदान स्वरुप पाएको हाम्रो जीवनलाई सार्थक बनाउनका लागि सधै ईमान्दिारिताका साथ मेहिनेत र परिश्रम गरौ यो नै जीवनको अद्भूत सत्य हो । सत्य यर्थाथ हो यथार्थ नै जीवन हो आउनुहोस् हामि सबै हातेमालो गरि सत्यलाई सुखमा बदलौ । धन्यवाद् ।
प्रतिक्रिया दिनुहोस