२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

पत्रकार कुट्नेलाई म्याद थप गरेर अनुसन्धान

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४२५ पाठक संख्या
  • नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघका सदस्य, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता तथा रासस सेवाग्राही प्रमुख राजाराम कार्कीमाथी आक्रमण गर्ने उद्धव कार्कीलाई प्रहरीले हिरासतमा लिएर ७ दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ ।

    उनलाई ७ दिनको म्याद थपेर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्धा चलाएको पनि प्रहरी निरिक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।

    उद्धव कार्कीले हिजो आइतवार विहान ९ बजेको समयमा बनेपा नगरपालिका अगाडी बसपार्क छेउमा आक्रमण गरेका थिए ।

    चामुण्डा हार्डवयरमा घरायसी प्रयोजनका लागि सामाग्री किनिरहेको अवस्थामा एक्कासी पछाडीबाट लछारपछार गरी कुटपिट गर्दा टाउकोमा चोट लागेको छ ।

    गम्भिर घाईते  हुनुभएको राजाराम कार्कीको टाउकोको सिटिस्क्यान गरिएको छ । रिपोर्ट भने मंगलवार आउने धुलिखेल अस्पतालले जनाएको छ ।

    उहाँलाई आक्रमण गर्नेलाई कार्बाहीको माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे, प्रेस युनियन काभ्रेले छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् ।

    प्रतिक्रिया दिनुहोस