२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

एकै वडामा २ युवतीको आत्महत्या

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ४९८ पाठक संख्या
  • काभ्रेमा सोमबार एकै दिन दुई युवतीले आत्महत्या गरेका छन् ।

    धुलिखेल नगरपालिका–८ घरभई हाल धुलिखेल–४ मा बस्ने २४ वर्षिया अनिता बडाल र धुलिखेल ४ मै बस्ने १७ वर्षिया ईशा अच्छामीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    बडालले आफ्नै घरको भुईं तलाको कोठाको झ्यालमा सलको पासो लगाएर आत्महत्या गरेको हो भने अच्छामीले विषादी सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख एस्पी रबि पौडेलले जानकारी दिनुभयो ।

    काठमाडौँमा बिएस्सी नर्सिङ अध्ययन गर्ने अनिताका आमाबुबा एक वर्षअघि अष्ट्रेलिया जानुभएको थियो भने अनिता धुलिखेलस्थित घरमा दिदी सुमित्रा बडाल र भिनाजु पुष्पराज नेपालसँग बस्दै आएकी थिईन ।

    मृतक दुवैको शव पोष्टमार्टमको लागि बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस