२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

न बीमा, न अनुदान, कुहियो लाखौं मुल्यको फूल

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५५१ पाठक संख्या
  • सरोज सापकोटा

    बनेपा/ लकडाउनका कारण पुष्प व्यबसायीले उत्पादन गरेका लाखौं मुल्य बराबरणको फूलहरु टनेल भित्रै कुहिन थालेका छन् । टनेलमै कुहिएपछि पुष्प ब्यबसायी किसानहरु चिन्तित भएका हुन् । बनेपा स्थित चण्डेश्वरी फ्लोरी कल्चरका प्राणनाथ कायस्थका अनुसार अन्य वर्षभन्दा बढी आम्दानी हुन्छ भन्ने आसमा फूल ब्यबसाय गरे पनी यो बर्ष लकडाउनले सबै सपना चकनाचुर बनाएको छ ।

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरको फार्ममा उत्पादन भएका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका हुन् । उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको फार्म सञ्चालकले बताए । फार्म सञ्चालक प्राणनाथ कायस्थ भन्छन्, ‘अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो, बन्दाबन्दीले बजारसम्म लान पाइएन’, उनले भने, ‘लगानी गर्नु मात्रै भयो ।’ तीन जना मिलेर करिब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताए ।


    फूल फूलेर ओइलिँदै गए पनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् । कोरोना भाइरसको संक्रमणको त्रासका बिच लगाइएको फूल लकडाउनका कारण उनको मात्र नभएर उनको समुहको नै सपना मा नै सिमित रह्यो । लकडाउनकै कारण फूल खेती गर्ने व्यापारीहरु चिन्तामा डुबेका छन् । समयमै फूल रोपेका किसानको फूल बजारमा जाने समयमा लकडाउन भएपछि कुहिए सँगै उनीहरु चिन्तामा परेका हुन् । लकडाउनसंगै बजार नपाए पछि लगाईएका टनेल भित्र र बाहिरका बिभिन्न जातका फूलहरु सुकेर जानुका साथै कुहिएर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभा समारोहहरु पनि भएका छैनन् । उनिहरुको राज्य सँग फूल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नुपर्ने उनीहरुको माग छ । बनेपाका युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले शुरु गरेको पुष्प व्यवसाय फस्टाए पनि बेच्ने बेलामा कोरोनाको महामारी सँगैको बन्दाबन्दीले फूल सुकेर गएको बताए । एकातिर बजार नपाउनु अर्कोतिर अलिअलि गरेर बेचेको फूलपनि बजारभाउ भन्दा आधा मूल्यमा बेचेको उनले बताए ।

    बन्दाबन्दी नभएको भए यसबीचमा पाँच –छ लाखको फूल बिक्री हुने थियो । ‘लाखौंको लगानी गरेर शुरु गरेको खेती उत्पादन भएर बजार नपाउँदाको जस्तो पीडा अरु छैन, आगामी दिनमा सरकारले सहुलियत ऋण र अनुदान व्यवस्थापन गरिदिएको खण्डमा यो व्यवसायलाई निरन्तर अगाडि बढाउन सहज हुनेछ’, उनीहरुले भने । उक्त फार्ममा जर्वेरा, पिकक्, जिप्सी, सयपत्री र रजनीगन्ध (ट्युरोज) लगायतका फूल छन् । अर्का पुष्प व्यवसायी सरराज उप्रेतीले यस वर्ष उत्पादन भएको फूल बिक्री गर्न नपाएरै सुकेर गएको बताए । दुई वर्ष अगाडि श्री प्राणनाथ फ्लोरा फार्म स्थापना गरी शुरु गरेको फूल खेतीले एक वर्ष अगाडि सयपत्री फूल बेचेर मात्रै सात लाखसम्म बिक्री गरेको भएपनि यस वर्ष टनेलभित्र नै ओइलिएर गएको उप्रेतीले बताए ।

    पुष्प खेतीलाई व्यवसायीक बनाउन सरकारले अनुदानको व्यवस्था गर्ने भने पनि वास्तबिक पुष्प ब्यबसायीहरुले अनुदान र ऋण दुबै नपाएको गुनासो उनिहरुको छ । कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायीक कृषि तथा व्यापार आयोजनाले पुष्प खेतीलाई पनि प्राथमिकता प्राप्त क्षेत्रमा राखेर अनुदानको व्यवस्था गर्ने भने पनि कागजी रुपमा बिभिन्न ब्यबसायको नाममा अनुदान खानेहरुको भिड बढेको गुनासो उनिहरुको छ ।

    सरकारको पुष्प खेतीलाई व्यवसायीक बनाउन अनुदानको ब्यबस्था गर्ने बताउँदै आइरहेको छ । कृषि विभागको तथ्याङ्क अनुसार नेपाल भर पुष्प व्यवसायमा हाल ४० हजार व्यक्ति प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । भने गत वर्ष १ अर्ब ५ करोड रुपैयाँ बराबरको पुष्प कारोबार भएको तथ्याङ्क छ । त्यस सँगै पौने ३ करोड रुपैयाँ बराबरको फूल आयात गरिएको थियो भने त्यति नै मात्रामा नेपालबाट विभिन्न प्रजातिका फूलहरु निर्यात गरिएको थियो । पछिल्लो समय काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग काठमाडौँको बजारमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए ।

    हाम्रो इन्द्रावती साप्ताहिकमा प्रकाशित समाचार

    प्रतिक्रिया दिनुहोस