२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

मच्छिन्द्रनाथको जात्रामा पक्राउ परेका दुई जनामा कोरोना पोजिटिभ

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३५८ पाठक संख्या
  • बिहीबार मच्छिन्द्रनाथको जात्रामा ढुङ्गा हानेको अभियोगमा पक्राउ परेका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर स्रोतको अनुसार त्यसदिन पक्राउ गरेका १९ जना मध्ये दुई जनामा कोरोना पोजिटिभ आएको हो।

    पक्राउ परेका सबैलाई छुट्टै राखेर पीसीआर विधीबाट परीक्षणका लागी पठाइएकोमा उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि प्रहरी परीसर तनावमा परेको छ।

    उनीहरुलाई छुट्टै राखेपनि अन्यलाई पनि परीक्षण तथा आइसोलेसनमा राख्न समस्या भएको जनाएको छ। सरकारी वकीलको सहायता लिएर विधि प्रक्रिया अनुसार अगाडि जाने बताएको छ। उनीहरूलाई अस्पताल लैजाने वा आफन्तको जिम्मेवारी लगाएर आइसोलेसनमा राख्ने तय भएको छैन।

    प्रतिक्रिया दिनुहोस