२०८१ बैशाख ५, बुधबार | Wed, 17, Apr, 2024

संचारकर्मि गाैतमकाे निर्माणमा ढाेका फिल्म

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ४७७ पाठक संख्या
  • काठमाडौं /विश्वमै महामारिको रुपमा फैलिएको कारोना भाईरसका कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर ढोका फिल्म सार्वजनिक भएको छ । बनको बाघले खाओस मनको बाघले नखाओस भन्ने यो नेपाली उखानलाई ढोका फिल्ममा उतारिएको छ ।

    वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको ढोका फिल्मको लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायकको रुपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् ।

    आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ढोका मार्फत उतारिएको निर्देशक धितालले बताए । फिल्मको छायांकन तथा सम्पादन बरुण कोईरालाले गरेका छन् ।

    ढोकालाई राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ । यस कथा वस्तुलाई पर्दा मार्फत आम दर्शक सामु लेराउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारको रुपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ । फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन् ।

    फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएको छ ।

    प्रतिक्रिया दिनुहोस