२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

शान्ति तालिम केन्द्र पाँचखालका ५ जना सेनामा कोरोना संक्रमण

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ७९७ पाठक संख्या
  • पाँचखाल नगरपालिकामा रहेको शान्ति तालिम केन्द्रका ५ जना सेनामा कोरोना संक्रमण देखिएको छ ।

    नगरपालिकाले नेपाली सेनाका ६ जना, सशस्त्र प्रहरीका ६ जना र पाँचखाल नगरपालिका बडा नं १० बालुवाका पुरुषको कन्ट्याक ट्रेसिङमा परेका ७ जना गरी १९ जनाको पिसिआर चेक गर्दा नेपाली सेना शान्ति तालिम केन्द्रका ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालका मेडिकल अधिकृत डा. अमन दत्तले जानकारी दिनुभयो । उहाँका अनुसार पोजेटिभ देखिनेमा ३८, ३४, ३४, ३५ ३७ बर्षका पुरुष छन् ।

    संक्रमितहरु तालिम गर्न आएका र क्वारेन्टाइनमा बसिरहेका शान्ति तालिम केन्द्र पाँचखाललले जनाएको छ ।उनीहरुमा लक्षण देखिएपछि पिसिआर टेष्टको लागि स्वाब लिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस