२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

भुम्लु गाउँपालिकामा भ्रष्टाचार भएको प्रमाण हुँदा पनि कार्वाहि गर्न किन आलटाल ?

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • २५१४ पाठक संख्या
  • तस्बिर लामा

    गत मंगलवार २०७७ भाद्र १६ गते नेपाली काँग्रेस भुम्लुगाँउपालिकाको प्रवक्ता विष्णुप्रसाद उप्रेतीज्युले फेसबुकमा स्टाटस राखी तूरुन्तै डिलीट भयो भन्ने सम्बन्धमा गम्भिर ध्यानाकर्षण भयको छ ।

    यहाँहरुको पिरमर्का बुझ्ने क्रममा र विकास निर्माणको कार्य के कसरी भै रहेको छ भनेर हामिले जनताको माझमा उठेका विभिन्न किसीमको सम्बन्धित प्रश्नहरुलाइ मिडिया तथा सामाजिक सन्जाल मार्फत खबरदारी गर्दै आइरहेको यहाँ हरुलाई अवगत नै छ ।

    गाँउपालिका स्थानीय सरकारले जनताको के कति कार्य गरिरहेको छ ? भस्टाचारले सिमा नाघि सकेको अवस्थामा गाउँपालिकाको सर्वोउच्च निकाय समक्ष सामाजिक सन्जाल मार्फत असन्तुष्टी प्रश्न जनाउ गर्दा, संघीय लोकतान्त्रीक ब्यवस्थाको संसदीय प्रणाली अनुसार जब प्रश्न उब्जेपछी जनतालाई रोस्टरमा उभिएर समेत उत्तर दिनुपर्ने ब्यवस्था हुदाहुदै पनि प्रश्न नै गर्नु नमिल्ने जस्तो हर्कत गर्नु भई ब्यक्तीगत रुपमा फोन समेत गरी यस्तो क्रियाकलाप सम्बन्धी राजनितीक दल र ब्यक्तीलाई समेत अदालत हाजीर गराउछु भनी धम्किपुर्ण सैलीमा फोन सम्बाद भयकोमा खेद प्रकट गर्दै भत्सर्ना गर्दछु । यदी कारबाही गरी आदालत हाजिर गराउनुपर्ने जरुरी ठहरेमा गाँउपालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठज्युले गाउँपालिकामा व्यापक भ्रष्टाचार भयर सिमा नाघ्यो भनी पत्रकार सम्मेलन गरि भिडीयो रेकर्ड सहितको बुलन्द आबाज उठाउदा समेत कारबाही किन हुँदैन । भुम्लु गाउँपालिकामा भ्रष्टाचार भएको प्रमाण हुँदा पनि कार्वाहि गर्न किन आलटाल ? उहाँले बोल्नुभएको लिङ्क सुन्न सक्नुहुन्छ ।

    भुम्लु गा पा को करारमा रहेको कर्मचारीले सरकारी स्रोत साधनको दुरूपयोग : उपप्रमुख कल्पना श्रेष्ठ

    भुम्लाे गापाकाे करारमा रहेकाे कर्मचारीले सरकारी स्राेत साधनकाे दुरूपयाेगः उपप्रमुख कल्पना श्रेष्ठ

    https://sabaikosamachar.com/archives/32077?fbclid=IwAR2dIx0rZj-rf-1M8KR-aankJASAbQSGk3TIc2yu_HBDDGIlI2C2pEoR6xU

     

    यत्तिको प्रमाण हुँदा पनि निस्पक्ष छानबिन समिति गठनगरि कानुनी प्रक्रिया थाल्नुको सट्टा उल्टै प्रतीपक्षलाई सबुत सहितको प्रमाण जुटाउ भन्नु यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ ? कल्पना श्रेस्ठ भुम्लुको सर्वसाधारण नागरिक मात्र नभई संस्थाको दोस्रो पदीय जिम्मेवार ब्यक्तिबाट नै भ्रस्टाचार भयो भनि हामी जनसमुदायमा छताछुल्ल भइसकेपछी यो भन्दा बलियो आधार सहितको प्रमाण हामी भुम्लु समुदायको लागी के हुन सक्छ ? सो अभिब्यक्तीलाई समेत वास्ता नगरी आजको दिनसम्म स्थानिय सरकार किन कानमा तेल भरेझैँ चुपचाप छ ।
    आफू सच्चियर भस्टाचार मुक्त समाजको कल्पना गर्नु त कताकता विभिन्न कुतर्क प्रयोग गरेर जनतालाई गुमराहमा राख्ने कार्य निरन्तर जारी भईरहेकोमा घोर निन्दा गर्दछु । यो प्रबृत्तिले पुनः नेपाली उखान, काम कुरा एकातिर कुम्लोबोकी ठिमी तिर भने जस्तै ब्यबहारमा उतारियको मेरो ठहर छ ।

    आज भुम्लुका जनता कोभिड १९ को सिकारभइ ज्यान कसरी जोगाउने भन्ने अवस्थामा सम्बन्धीत सर्वोच्च निकाय जनताको स्वास्थ प्रती गम्भीर भयर ब्यवस्थीत उपचारको खोजी गर्नु त कता कता आउँदै गरेको निर्वाचनलाई समेत प्रभाब पार्ने हेतुले कार्यकालको अन्त्यमा डोजर (जेसिभि) किनेर जनताको आखामा छारो हाल्ने कार्यक्रम गरिएको नै हो दाबाका साथ ठोकुवा गरेर भन्नु चाहान्छु । पालिकाको परिस्थीति, अवस्था र भुगोललाई मध्यनजर गर्दा डोजर त्यो ठाँउको लागि अति आवश्यकता नै थियो । जुन अहिले भएको निर्णय र कार्य सम्पन्न यो भन्दा ४ बर्ष अगाडी हुनुपथ्र्यो भन्ने हाम्रो ठम्याई छ । कुनै परिस्थीतिमा एकै ठाँउमा संवाद गर्ने मौका मिलेको भए सायद बिषय बस्तुगत प्रसंग उब्जीन्थ्यो होला नै दुर्भाग्य बस त्यो समय जुरेन ।

    आज चौथो आर्थिक बर्षको बजेट निर्मान कार्य सम्पन्न भई कार्यन्वयनको क्रममा २० औ करोड खर्च भईसकेपछी डोजर किनेर भ्रमको खेती गर्नु भनेको शतप्रतिशत निराधार हो भन्ने पनी ठोकुवा साथ भन्न चाहन्छु । भुम्लुको मात्रै नभएर राज्यकै ठुलो गहना मानिने पवित्र संस्था मुलखर्क पाँच पान्डब भिमसेनथान निर्माणकार्यमा समेत बोलपत्र अब्हान प्रक्रियाको बिधी बिधानलाई टोकरीमा थन्क्याएर, पुरै आँखा चिम्लेर राजनितीकदलको कार्यकर्ता पोष्ने र संरक्षण गर्ने नियतले आफु अनुकुलको उपभोक्ता समिति बनाएर ५० औ लाख रकमको बजेट कार्य सम्पन्न हुनुभन्दा पहिला नै निकासा दिनु संबैधानिक प्रावधानको बिपरीत भएको पनि हाम्रो ठहर छ ।

    भुम्लु ८ भम्लुटारको (हेल्थपोस्ट) स्वास्थ्य चौकीमा घटेको घट्नाक्रम नेपाल सरकारको निर्देशन बमोजिम बिपरीत भयको सम्बन्धीत निकायलाई ताजा हुदाँहुदै छानबिन समितिबाट सत्य तत्थ्य पत्ता लगाई दोषीमाथी कार्बाही गर्ने आस्वाशन सम्म पनि पाएको थियौँ आज छैटौ महिना बिती सक्दा पनी किन त्यो घटना गुपचुप रहिरह्यो होला । यसको जवाफ गाउँपालिकाले दिनुपर्छ ।

    भुम्लु समृद्धिको सवालमा नेपाली काँग्रेस न कहील्यै बाधक बन्यो न भबिस्यमा बन्ने नै छ । त्यसकारण ढिलो नै भएतापनी पालिकाको परिस्थीति, अवस्था र भुगोललाई मध्यनजर गरी आफ्नै नाममा डोजर किन्ने कुरा स्वागत योग्यनै छ । यिनै समसामयिक बिषय लिएर केही समय पछी जनता सामु ब्रिहत छलफल हुने नै छ ।
    पार्टी प्रवक्ताज्युको पोष्ट किन डिलीट भयो भनेर चौतर्फी आलोचना भयपछी पार्टीको संगठनलाई मजबुद बनाउनुको निम्ती बिभीन्न परिस्थितीको बावजुत आहोरात्र खटिरहने आम नेपाली काँग्रेस प्रेमी अग्रज एबं युबा साथीहरुमा प्रश्न उठ्नु स्वभाबिक ठान्दछु र भबिस्यमा यस्तो क्रियाकलाप दोहोर्याउनु नहुने र नदोहोरिने समेत बिस्वास दिलाउन चाहान्छु ।

    अन्त्यमा, तपाई सम्पुण साथीहरुमा बिनम्र अनुरोध यो छ की जो कोही माथी संस्थगत भन्दा बाहीरको ब्यक्तिगत आक्षेप र मानहानी हुने किसीमको कार्य नगरी भैईरहेको गलत प्रकृयालाई खबरदारी गरी भुम्लु निबासी जनसमुदायलाई टेवा मिल्ने, पार्टी संगठनको हित हुने कम्युनिस्ट नामधारी तानाशाही प्रवृत्तिको स्थानीय सरकारका विरुद्धमा आफ्नो आबाजलाइ बुलन्दपारी भन्डाफोर गर्नको निम्ती निरास नभई सभ्य भासामा स्वस्थ्य छलफल र तर्क बितर्क निरन्तर जारी राख्नु भुम्लुबासी आम जनसमुदाय र नेपाली काँग्रेस प्रेमी साथीहरुमा पुनः आग्रह गर्दछु ।

    यती गर्दापनी कुनै किसीमको दबाव रवाफ भएमा जस्तो सुकै परिस्थितीलाई पनि सामना गर्न म तस्बीर लामा र सिंगो नेपाली काँग्रेस यहाँहरुको साथमा रहेको बिस्वास दिलाउनु चाहान्छु ।

    लेखक नेपाली काँग्रेसका नेता तथा भुम्लु गाउँपालिकाकाका अध्यक्षका प्रत्यासी हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस