२०८० फागुन १३, आईतबार | Sun, 25, Feb, 2024

विश्वमा संक्रमित मध्ये ७० प्रतिशत कोरोनाका विरामी निको भए

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५३४ पाठक संख्या
  • काठमाडौं/विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

    वर्ल्डोमिटर्सका अनुसार एकै दिन २ लाख २० हजार ५०५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै शनिबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ८८ लाख ९५ हजार ३९१ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

    यस्तै यो समाचार तयार पार्दासम्म विश्वभर २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९२ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ६७ लाख ८४ हजार ८८ पुगेको हो ।

    एकै दिन थप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १८५ पुगेको छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस