२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

बेथानले जनताहरुलाई ५० प्रतिशत छुटमा कोरोना विमा गराउने

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ३४९ पाठक संख्या
  • काभ्रेको बेथानचोक गाउँपालिकाले पालिका भित्रका सबै नागरकिको कोरोना बिमा गर्ने भएको छ ।

    गाउँपालिकाले विज्ञप्ती निकाल्दै सबै नागरिकको ५० प्रतिशत छुटमा कोरोना विमा गर्ने अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो ।

    कोरोना संक्रमतिको संख्या दिनप्रतिदिन बढ्दैँ गएकाले पालकिाबासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी ५० प्रतशित छुटमा बिमा गर्न लागीएको उहाँको भनाई छ ।

    जन्मीएर ३ महीना भन्दा माथी सबैको १ बर्षको एक लाखसम्मको बिमा गरिने छ । बिमा गर्नको लागि पालिकाबासीले सम्बन्धति वडा कार्यालयको सफिारसि सहित नागरकिताको प्रतिलीपी र बालबालीकाको हकमा जन्मदर्ता पेश गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    गाउँपलिकाले सिफारिस गरेपछि विमा कम्पनीले ५० प्रतिशत छुट दिने छ । प्रति व्यक्ती ६ सय लाग्नेभएपनि सिफारिसको आधारमा ३ सय रुपैयामा कोरोना विमा हुने गाउँपालिकाले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस