२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

धुलिखेल अस्पतालमा एकजना संक्रमितको मृत्यू, शिर मेमोरियलका १७ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • १५९१ पाठक संख्या
  • धुलिखेल अस्पतालमा बर्दिवासका ७६ बर्षिय कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको मृत्यु भएको छ ।

    स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका उनको शनिवार (आज ) विहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

    अस्पताल भर्ना भएपछिस्वाब संकलन गरेर परिषण गरिएकोमा उनलाई पोजेटिभ देखाएको हो ।

    त्यस्तै बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार साँझ जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र कुरुवामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । श्रोतका अनुसार थपिएका मध्ये केहिमा पुनः पोजेटिभ देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस