काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।
यो योजनामा एसईईका विद्यार्थीले मात्र १ रुपैयाँमामा प्रिपेड सिमको खरिद गर्न सक्नेछन् भने निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।
विगत चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान गर्दै आएको छ । यो योजना बिहीबार (भदौ १८) देखि लागु भएको छ र ९० दिनको लागि मान्य रहने छ ।
पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।
प्रतिक्रिया दिनुहोस