२०८० फागुन ११, शुक्रबार | Fri, 23, Feb, 2024

नेपालमै बन्न थाल्यो तीनपांग्रे सवारी साधन

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३७८ पाठक संख्या
  • शंकर ग्रुपले नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट सुरू गरेको छ। पहिलो चरणमा टिभिएस कम्पनीको अपाचे १६० बनाउन शुरु गरेको हो ।

    एक अर्ब लगानीमा शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टिभिएसका दुई पांग्रे र तीन पांग्रे सवारी साधन बिक्री गर्दै आइरहेकोमा यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो।

    कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा मोटर्समा उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिनुभयो ।

    अग्रवालका अनुसार प्लान्टमा टिभिएसको सबै रेन्जमा मोटरसाइकल, स्कुटर र तीन पांग्रे सवारीसाधन उत्पादन गर्न सकिने भए पनि पहिलो चरणमा अपाचे १६० मात्र उत्पादन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस