२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २६१ पाठक संख्या
  • काठमाडौं /राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुभएको छ ।

    शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएपछि उहाँले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका हुन् । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ ।

    राष्ट्रियसभा सदस्यको २ वर्षको कार्यकाल २०७६ फागुन २० गते सकिएपछि त्यसै दिन राजीनामा दिएका खतिवडा फागुन २१ गते पुनः मन्त्री नियुक्‍त हुनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस