२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

आज कोरोना संक्रमित १३५६ जना थपिए, १३५४ जना डिस्चार्ज

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३२४ पाठक संख्या
  • काठमाडौं / पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

    नीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

    प्रतिक्रिया दिनुहोस