काभ्रेको थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिने संक्रमितहरुमा धुलिखेल नपा २, रोशी गापा १, नमाबुद्ध नपा १ र पाँचखाल नपा १ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नरेन्द्र झाले जानकारी दिनुभयो ।
धुलिखेल नगरपालिकामा १ जना पुरुष र १ जना महिला सरकारी कर्मचारीमा कन्ट्याक ट्रेसिङमा परेर जाँच्दा पोजेटिभ देखाएको हो । रोशी १ ठेगानाका अर्का संक्रमित धुलिखेल नगरपालिका खड्पुमा बसोबास गर्ने सरकारी कर्मचारी नै हुन । त्यस्तै नमोबुद्ध नगरपालिकामा पनि एक महिला कर्मचारीमा कोरोना संक्रमित देखिएको छ । पाँचखाल नगरपालिका वडा नं १० बालुवाका १ पुरुषमा संक्रमण देखिएको छ । उनी आफैले प्राइभेट रुपमा कोरोना चेक गरेका थिए । उनलाई कोराना पोजेटिभ देखाएपछि नगरपालिकाले सञ्चालन गरेको आईसोलेशन कक्षमा उपचाररत छन् ।
यो संगै संक्रमितको संख्या २ सय ९९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस