२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

अर्थमन्त्री खतिवडाले आज राजीनामा दिने, को बन्लान त अर्थमन्त्री ?

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३३२ पाठक संख्या
  • काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज शुक्रबार राजीनामा दिने हुुनुभएको छ ।

    राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लाग्नुभएको हो ।
    शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गर्नुभएको छ ।

    अर्थमन्त्री खतिवडाको बहिर्गमनसँगै अवको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन् । उता, राष्ट्रियसभामा जाने निश्चित भएका वामदेव गौतमले पनि उपप्रधानसहित अर्थमन्त्रालयको दावी गर्दै आएका छन् । तर गौतमको हकमा संसदको यो कार्यकालमा मन्त्री बन्न संविधान बाधक देखिने भएको छ ।

    गौतमलाई भने आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस