२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ९६५ पाठक संख्या
  • धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्।

    २६ वर्षीय राजु परियारले निलकण्ठ नगरपालिका १३ खलचेत भन्ने स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेर टाउँको बोकेर प्रहरी समक्ष आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगका आएर हत्या गरेको देखिन्छ । बाँकी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

    ती दुबै जना एउटै टोलका बासिन्दा थिए।

    प्रतिक्रिया दिनुहोस