काभ्रे जिल्लामै पहिलो पटक कलीदेवी माविले विद्यार्थीको निःशुल्क कोरोना बिमा गरेको छ ।
धुलिखेल नगरपालिका वडा नं ११ मा डाँडागाउँमा रहेको कालीदेवी माध्यमिक विद्यालयले विद्यार्थीको निःशुल्क बिमा गरेको हो ।
विद्यालयका प्रधानाध्यापक उद्धव तिमल्सिनाले २ सय १३ जना विद्यार्थीको निःशुल्क कोरोना बिमा गरिएको जानकारी दिनुभयो ।
युनाइटेड इन्सुरेन्स कम्पनीमार्फत प्रति व्यक्ति ५० हजार रुपैँयाकोदरमा बिमा गरेको हो । विद्यार्थीसँगै विद्यालयका १५ जना शिक्षकशिक्षिकाको पनि कोरोना बिमा गरिएको प्रधानाध्यापक तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस