२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

जुम्लाका सिडियोलाई कोरोना संक्रमण

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ५३२ पाठक संख्या
  • जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    विहिबार बिहान परीक्षणका लागि स्वाब दिनुभएका उहाँको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उहाँले जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भएको बताउनुभयो ।

    उहाँलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताउनुभयो । उहाँमा संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस