२०८० फागुन १२, शनिबार | Sat, 24, Feb, 2024

बाख्रा चराउन गएकी एक १५ वर्षीया किशोरी बलात्कृत

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ५८२ पाठक संख्या
  • जनकपुर । धनुषाको घरबाट बाख्रा चराउन गएकी एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

    ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थबहादुर कार्कीका अनुसार भदौ १५ गते सोमबार बिहान ९ बजे घरबाट नजिकैको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेका थिए ।

    प्रहरी निरीक्षक कार्कीकाअनुसार उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याएका थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेका हुन् ।

    पीडित पक्षले घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न आरोपमा ३ जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस