२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

रातो मत्स्येन्द्रनाथको रथ तान्दा झडप

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ९६२ पाठक संख्या
  • ललितपुर / स्थानीय युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ ।

    कोरोना महामारीकाबीच सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेर रथ तानेको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले सयौँको संख्यामा भेला भएका स्थानीयलाई पानीको फोहोरा प्रहार गरी भगाउने प्रयास गरेको हो ।

    रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेपछि भेला भएका स्थनीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । रथ यात्रामा प्रहरीले हस्तक्षेप गरेको र परम्परामा ठेस पुर्‍याएको बताउँदै गुठीयारहरु आक्रोशित भएका छ्न ।

    विश्वभर महामारीका रुपमा फैलिएको कोराना नियन्त्रणका लागि सरकारले उपत्यका लगाएत देशका जोखिम जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस