२०८० फागुन १९, शनिबार | Sat, 02, Mar, 2024

विहिवार देखि शुरु भनिएको डाक्टर केसीको अनशन स्थगित

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २७६ पाठक संख्या
  • जुम्ला / चिकित्सा शिक्षामा सुधारसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस पढाइ सुरु हुनु पर्ने माग राख्दै आएका डा. गोविन्द केसीले बिहीबारदेखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छन् ।

    पछिल्लो समयमा जुम्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र जुम्लाका स्थानीयले सत्याग्रह केही समय रोकिदिन गरेको आग्रहअनुसार अनशनलाई केही समय स्थगित गरेको डा. गोविन्द केसीले जानकारी दिनुभयो ।

    ‘नेपालमा विद्यमान स्वास्थ्य प्रणाली कति नाजुक छ, हाम्रो सार्वजनिक स्वास्थ्य सेवा कति अपर्याप्त छ र निजी स्वास्थ्य सेवा कति महंगो छ भन्ने यो महामारीले छर्लंग देखाएको,’ डा. केसीले विज्ञप्ति जारी गर्दै ‘रोग लाग्नै नदिइ रोकथाम गर्ने सामुदायिक चिकित्सा र जनस्वास्थ्यको अवस्था कति नाजुक छ भन्ने पनि अब प्रष्ट भएको छ ।’

    उहाँले सरकारले माग पूरा गर्नको सट्टा उल्टै हक अधिकारको माग गर्ने जुम्लावासीहरुलाई धम्क्याउने र दमन गर्ने काम गरेको बताउनुभयो ।

    सरकारले मागहरु पूरा नगरेको खण्डमा कुनै पनि बेला पुनः सत्याग्रह सुुरु गर्ने पनि डा. केसीले बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस