बनेपा/कोभिड–१९ संक्रमण न्युनिकरणका लागि गरिने पिसिआर परीक्षण गर्ने प्रयोजनका लागि स्वाव संकलन गर्ने भिटिएम अत्यावश्यक मेडीकल सामग्री बनेपा नगरपालिकालाई लक्ष्मी बैक बनेपा शाखाले हस्तान्तरण गरेको छ ।
बनेपा नगरपालिका क्षेत्रभित्र स्वाव संकलन गर्न नगरपालिका स्वयमले भिटिएम खरिद गरी सेवा प्रदान गरिरहेको अवस्थामा विभिन्न सघं सस्थाहरुको समेत सामाजिक दायित्व रहेको र नगरबासीहरुलाई सुरक्षित गर्ने नगरको दायित्व रहेको नगर प्रमुख लक्ष्मी नरसिं बादेले वताउनु भयो ।
लक्ष्मी बैंक लि. बनेपा शाखाबाट यस अघि पनि विभिन्न सामाजिक कार्य गर्दे आएको बैकका बागमती प्रदेश प्रमुख उज्वल वैद्यले बताउनु भयो बैकले सामाजिक उत्तर दायित्व अन्र्तगत यो महामारीमा नगरबासीहरुको सुरक्षाका लागी स्वाव संकलनका लागि ७०० थान भिटिएम सहयोग गरेको र आगामी दिनमा समेत निरन्तरता दिने बादेले वताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, बैंकका बनेपा शाखाका प्रबन्धक जयन्द्र वादे, सञ्चालक प्रबन्धक पूर्णकुमार मानन्धर, नगरपालिकाका शाखा प्रमुखहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो
प्रतिक्रिया दिनुहोस