२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ढोरपाटन बाढीपहिरो अपडेट : आठ जनाको शव भेटियो, १३ जना अझै बेपत्ता

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ७५१ पाठक संख्या
  • बागलुङ / बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जनाको शव फेला परेको छ ।

    चार जना गम्भीर घाइते छन् भने १३ जना बेपत्ता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मृतकमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विकको मात्र सनाखत हुन सकेको छ ।

    बाढीले ढोरपाटन–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकी भवनलगायत १३ वटा घर पूर्णरूपमा बगेका छन् । राति १२ बजेतिर देउराली र सुकुदुङ क्षेत्रमा खसेको पहिरोमा यहाँका १५ वटाभन्दा बढी घर पुरिएका छन् । बाढीले कटान गरेपछि सडकसमेत क्षतविक्षत भएको छ ।

    प्रतिक्रिया दिनुहोस