२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

चम्ल्याहा सन्तान पाएकी महिलाको मृत्यु

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • २५६ पाठक संख्या
  • धनुषामा मंगलबार साँझ एकैपटक चारजना बच्चालाई जन्म दिएकी आमाको बुधबार मृत्यु भएको छ ।

    विदेह नगरपालिका –७ की २६ वर्षीया अरमाना खातुनले मंगलबार साँझ जनकपुरस्थित काव्या अस्पतालमा तीन छोरी र एक छोराको जन्म दिएकी थिइन् । डा. सोनिया सिंहले शल्यक्रिया गरी अरमानाको पेटबाट चार जना बच्चालाई बाहिर निकालेकी थिइन् ।

    बच्चा जन्माए लगत्तै सिकिस्त भएकी अरमानाको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि तत्काल भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अरमानाको फोक्सोमा पानी र रगत जमेर स्वास्थ्यमा समस्या देखिएको उपचारमा संलग्‍न चिकित्सकले जनाएको छ ।

    अरमानाले जन्माएका बच्चाहरुको पनि स्वास्थ्य अवस्था स्थिर हुन नसकेको डाक्टर सिंहले बताइन् । चार जना बच्चा मध्ये छोरा साढे एक किलो र तीन छोरीहरु सावा एक किलो तौलका रहेका छन् । आईसीयूमा राखेर उनीहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस