२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

रोेशी र तेमालका शिक्षक तथा कर्मचारीहरुको निःशुल्क कोरोना विमा

  • २०७७ भाद्र १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४४२ पाठक संख्या
  • काभ्रेको रोशी गाउँपालिका र तेमाल गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीहरुको निःशुल्क कोरोना विमा गरिदिने भएको छ ।

    रोशी गाउँपालिकाले एक सुचना जारी गर्दै स्थायी, अस्थायी, करार र ज्यालादारी पदमा कार्यरत राज्य कोषबाट तलब भत्ता र पारिश्रमिक लिने शिक्षक तथा कर्मचारीको निशुल्क कोरोना विमा गर्न लागिएको जानकारी दिएको छ ।

    विश्वभर महामारीको रुपमा फैएिको कोरोना भाईरसको जोखिमलाई यानमा राखि मन्त्रालयको पत्र अनुसार शिक्षक तथा कर्मचारीको निशुल्क विमा कार्यक्रम अघि बढाईएको हो ।

    तेमाल गाउँपालिकाले भने आजको मितिबाट ७ दिन सम्म गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखामा विद्युतीय माध्यमको प्रयोग गरी विद्यालयको लेटर प्याडमा तोकिएको विवरण पठाउन भनेको छ भने रोशी गाउँपालिकाले समय सिमा तोकेको छैन ।

    प्रतिक्रिया दिनुहोस