भुम्लु/ भुम्लु गाउँपालिकामा १२ महिनाभरिनै त्यहाँको सडक लगायत विकास निर्माणको काम संचालन गर्नको लागि आवश्यक रहेको बैक्हो लोडर जेसिभी थ्रि डिएक्स लोडर खरिद गरेर सडक सफा गर्ने काम सुरु गरेको छ ।
मंगलबार गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवरले जेसिभी पुजा गरेर काम सुरु गर्नुभएको छ । उहाँले गाउँपालिकाको विकासको काममा अत्यावश्यक रहेको बैक्हो लोडर जेसिभी खरिद गरेर काम सुरु गरिसकेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष कुंवरले गाउँपालिकाभरिको विकास निर्माणमा बैक्हो लोडर जेसिभी खरिद गरेसँगै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
बर्षादको समयमा सडकमा आउने पहिरोसँगै अतिआवश्यक कामहरु सो भ्याकुम लोडर खरिदसँगै सहयोग मिल्ने आशा स्थानीयले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस