२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

१६२ दिनपछि अन्तर्राष्ट्रिय उडान, पहिलो जापानको नारितामा

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २९५ पाठक संख्या
  • काठमाडौँ — कोरोना संक्रमण फैलिन नदिन २०७६ चैत ९ गतेदेखि रोक लगाइएको व्यवसायिक अन्तर्राष्ट्रिय उडान १ सय ६२ औं दिनपछि मंगलबारदेखि सुचारु भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पहिलो दिन नियमित उडानमा नेपाल वायुसेवा निगमको एउटामात्रै उडान जापानको नारिता जाने तालिका रहेको बताउनुभयो ।

    उहाँका अनुसार निगमको वाइडबडी राति जापानको नारिता उड्दै छ । लकडाउनको ५ महिनापछिको यो नै पहिलो व्यवसायिक उडान हो ।

    निगमका अनुसार यो उडानमा काठमाडौंबाट १ सय ७१ जना जाँदै छन् भने नारिताबाट २ सय २० जना यात्रु बुधबार दिउँसो काठमाडौं आउँदैछन् ।

    प्रतिक्रिया दिनुहोस