२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बंगलादेशसँग मल पैँचो माग्दै सरकार

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ५८४ पाठक संख्या
  • मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि सरकारले तत्कालको अभाव पूर्ति गर्न बंगलादेशसँग मल पैँचो मागेको छ ।

    कुटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सकिने बंगलादेशले जनाएको छ ।

    बंगलदेशका प्रधानमन्त्री शेख हसिनासँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

    कुराकानीमा नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको नेपालका प्रधानमन्त्री ओलीले ट्विट गर्दै जानकारी दिनुभएको हो ।

    प्रतिक्रिया दिनुहोस