२०८० आश्विन १७, बुधबार | Wed, 04, Oct, 2023

पहिलोपटक कोरोनाबाट स्वास्थकर्मीको मृत्यु

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३६२ पाठक संख्या
  • जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

    महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो ।

    उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।

    उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस