२०८१ अषाढ ४, मंगलबार | Tue, 18, Jun, 2024

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • २९१ पाठक संख्या
  • काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।

    जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।

    प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ । हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ ।

    बोहोराले यसअघि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको पनि नेतृत्व गरिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस