२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

९ बर्षे बालिकालाई जबर्जस्ती करणी गर्ने गुरुङ पक्राउ

  • २०७७ भाद्र १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३९९ पाठक संख्या
  • पोखरा / ९ वर्षिया बालीकालाई जबर्जस्ती करणी गर्ने रेश बहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

    स्याङ्जाका विरुवा गापा ७ स्थायी घर भई कास्की पोखरा महानगरपालिका १० मिलनचोक बस्ने ५५ बर्षिय गुरुङलाई विरुवा गापा ८ टोड्केबाट प्रहरीले भाद्र १४ गते पक्राउ गरेका हो ।

    नौ बर्षिय बालिकलाई बिगत ४–५ महिना अगाडी देखी ललाई फकाई गरी यौन शोषण गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गुरुङलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा संग समन्वय गरी जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ०८ टोड्केमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरिक्षक जीवन श्रेष्ठले बताउनुभयो ।

    गुरूलाई जबरजस्ती करणी मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाईएको उपरिक्षक श्रेष्ठले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस