आइतबार काभ्रेमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिनेमा धुलिखेल नगरपालिका ६ जना र नमोबुद्ध नगरपालिकाका १ जना छन् । धुुलिखेलमा यस अघि संक्रमित भएको परिवारबाट संक्रमण पुष्टि भएको हो । एउटै परिवारका ५६, ४६, ६४बर्षका पुरुष र १३ बर्षिय बालिका, २५ र ३७ बर्षका महिलामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै नमोबुद्ध नगरका ४६ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
आज भेटिएका संक्रमित होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।
हाल सम्म जिल्लामा २ सय ६५ जना संक्रमित पुगेका छन ।
प्रतिक्रिया दिनुहोस